• ५ असोज २०८३, सोमबार
  • १२ः२५ राती

नयाँ शैक्षिक सत्रको पाठ्यपुस्तक छपाई सकियो, छिट्टै विद्यार्थीको हातमा

प्रकाशित मिति

२०७८ जेष्ठ २७ गते, बिहीबार ०४:२६

काठमाडौं : शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बताएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरु छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीहरुको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले बताए ।

National Life

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले पाठ्यपुस्तक छपाईको काम सम्पन्न भइसकेको जानकारी दिएका हुन् । प्रादेशिक कार्यालयहरुबाट जनक शिक्षा सामग्री केन्द्रमा सुचिकृत १२ सय पुस्तक विक्रेताहरुले देशभरका विद्यालयमा पुर्‍याउने उनले बताए । देशभर निषेधाज्ञा भएको अवस्थामा विक्रेताहरु प्रादेशिक कार्यालयमा आएर पाठ्यपुस्तक लैजान नसकेका कारण विक्रि वितरणमा भने समस्या भएको प्रमुख झाले बताए । यद्यपी असारको पहिलो सातासम्ममा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने उनको दाबी ।


उनले भने,‘जुन गतिले वितरण हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । कोभिड–१९ को निषेधाज्ञाका कारण पुस्तक पसलहरु खुलेको छैन । पुस्तक व्यवसायीलाई प्रादेशिक कार्यालयमा आउन समस्या भएको छ । १ हप्तादेखि विक्रि वितरण भइरहेको छ । जेष्ठ मसान्तसम्म धेरै ठाउँमा पाठ्यपुस्तक पु¥याइसक्छौँ । असारको पहिलोहप्ता सम्म देशभर विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ ।’ यस वर्ष कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक १ करोड ७० थान उत्पादन गरी प्रदेश कार्यालयहरुमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विराटनगरमा २३ लाख २ हजार ५२० थान, जनकपुरमा १४ लाख २० हजार ३३ थान, भरतपुरमा १७ लाख ४७ हजार ४५५ थान, बुटवलमा १२ लाख ७९ हजार ४०६ थान, पोखरामा १२ लाख ७३ हजार ११ थान, सुर्खेतमा ११ लाख २१ हजार ९०६ थान, नेपालगञ्जमा १७ लाख ४७ हजार ८३९ थान, धनगढीमा २६ लाख ६५ हजार ५७८ थान र केन्द्रीय कार्यालयमा ३५ लाख २४ हजार ५० थान पाठ्यपुस्तक मौज्दात रहेको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ । केन्द्रले पाठ्यपुस्तक बाहेक अन्य विभिन्न निकायको पुस्तकहरुपनि छापिरहेको बताएको छ ।

प्रतिकृया