• १७ असोज २०८३, शनिबार
  • १२ः३४ राती

समुदायको सहयोगमा झापामा सुरु भयो अक्सिजन बैंक

प्रकाशित मिति

२०७८ जेष्ठ २६ गते, बुधबार ०५:२३

काठमाडौँ : झापाका आइसोलेसन केन्द्र तथा अस्पतालहरूमा अक्सिजन नपाएर कुनै पनि बिरामीको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यका साथ बुधबारबाट औपचारिक रुपमा अक्सिजन बैंकको सुरुवात भएको छ । झापामा स्थापित ‘एकका लागि एक’ अभियानले स्थापना गरेको अक्सिजन बैंकको झापाको बिर्तामोडमा बुधबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले विधिवत उद्घाटन गरेपछि औपचारिक रुपमा अक्सिजन बैंकको सुरुवात भएको हो।

National Life

अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्न जनस्तरबाट १ करोड ५३ लाख ७५ हजार सहयोग जुटाएको छ । बुधबार उद्घाटन कार्यक्रममा अभियानलाई सिलिन्डर खरिदका लागि झापा जिल्ला सहकारी संघले ५ लाख र अन्तर्राष्ट्रिय झापाले समाजले १५ लाख रुपैयाँ हस्तान्तरण गरे।


देशभित्र र बाहिर बसेका नेपालीले १ सिलिन्डर बराबर १५ हजारका दरले सहयोग गरेका छन्। अभियानले ३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको र थप २ सय सिलिन्डर ल्याउने तयारी गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकमा रहेका अक्सिजन सिलिन्डर अस्पताल, आइसोलेसन केन्द्रहरूलाई वितरण गरिने उनले जानकारी दिए। अभियानले १ हजार ११ थान सिलिन्डर खरिद गर्ने छ। सिलिन्डर रिफिलका लागि ८ सय रुपैयाँ लिएर सिलिन्डर उपलब्ध गराइने बताइएको छ।


एकका लागि एक अभियानले गत वर्ष पीसीआर परीक्षण प्रयोगशाला र प्लाज्मा बैंक पनि समुदायको सहयोगमा स्थापना गरेको थियो। कोटीहोममा स्थापित पीसीआर प्रयोगशालामा अहिले निरन्तर पीसीआर परीक्षण भइरहेको छ।


उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले अक्सिजन बैंक मात्र नभएर अब प्लान्ट स्थापना गर्नतिर ध्यान दिन आग्रह गरे। अभियानका संयोजक महेन्द्रकुमार गिरीले अबको काम प्लान्ट स्थापना नै रहेको बताए।

प्रतिकृया