• 4:15 am

नेपाललाई खोप उपलब्ध गराउन भन्दै बेलायतका १६ सांसदद्वारा विदेशमन्त्रीलाई पत्र (पत्रसहित)

प्रकाशित मिति

June 9, 2021

काठमाडौँ : नेपाललाई खोप लगायत स्वास्थ्य सहायता उपलब्ध गराउन भन्दै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् ।


नेपालमा स्वास्थ्य संकटको अवस्थाबारे जानकारी गराउँदै उनीहरुले कोरोनाविरुद्धको भ्याक्सिन तत्काल उपलब्ध गराउन विदेशमन्त्रीलाई पत्र लेखेका हुन् । उनीहरुले गोर्खा सैनिकले कठिन समयमा बेलायतलाई साथ दिएको प्रसंग उल्लेख गर्दै नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराउन ढिला नगर्न भनेका छन् ।


विदेश मन्त्री रावलाई बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन आग्रह गरिएको छ ।


यस्तो छ पत्र :

प्रतिकृया