• १३ असोज २०८३, मंगलबार
  • ४ः१५ बेलुका

अमेरिकी राष्ट्रपति बाइडेनलाई देउवाको धन्यवाद

प्रकाशित मिति

२०७८ जेष्ठ २१ गते, शुक्रबार ११:५६

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद व्यक्त गरेका छन् । नेपाललाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने अमेरिकी घोषणा गरेपछि शुक्रवार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएका हुन् ।

National Life

​उनले बाइडेनको यो निर्णयले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरेका छन् । बिहीबार अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत दक्षिण एसिया तथा दक्षिण–पूर्वी एसियाका मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।


राष्ट्रपति बाइडेनले बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत दक्षिण एसियामा आठ र दक्षिण–पूर्वी एसियामा ११ देशका लागि ७० लाख खोप अनुदान दिने घोषणा गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया