• ३ साउन २०८३, आइतबार
  • ५:३८ बेलुका

सगरमाथामा भारी हिमपात, आरोही क्याम्प टूमा फर्किए

प्रकाशित मिति

२०७८ जेष्ठ १२ गते, बुधबार १०:४८

काठमाडौं: मंगलबारदेखि मौसम खराव भएसँगै सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातको कारण आधार शिविरबाट सगरमाथाको उचाइमा जाने सबै आरोहण दलको यात्रा स्थगित भएको छ। सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार करिब आरोहण गर्न सगरमाथाको शिखरतर्फ लम्केका आरोहण दलहरु पनि तल झरेका छन् ।


आरोहण दल क्याम्प टूमा आएर बसेको गौतमले बताए। क्याम्प टू फर्किने आरोही र शेर्पा सहयोगी गरेर तीन दर्जन बढी संख्या भएको गौतमले जानकारी दिएका छन्। अल्पाइन एशोसियसन र पीक प्रमोसन जस्ता कम्पनीबाट आरोहण गर्न गएको समूह क्याम्प टू फर्केको गौतमले बताए। उनने भने, ‘अहिले आरोहणलाई प्रतिकुल वातावरण आएको छ।’

Kamana Sewa

यस्तै सगरमाथा आधार शिविरमै रहेका नेपाली सेनाको ‘सफा हिमाल २०२१’ अभियानका समन्वय अधिकृत सेनानी आदित्य कार्कीले हिजैबाट सगरमाथा क्षेत्रको मौसम खराब भएको नेपाल प्रेसलाई बताए। कोभिड-१९ को सम्भावित असरबाट सचेतता अपनाउन एउटा टेन्टबाट अर्को टेन्ट जान निषेध भएकोसमेत सेनानी कार्कीले बताए। उनले भने, ‘सफा हिमालको टोलीले त पीपीई लगाएरै पनि काम गरेको छ।’

Classic Tech Desktop

प्रतिकृया