• ५ साउन २०८३, मंगलबार
  • ८:४४ बिहान

बागमती प्रदेश प्रहरीले तालिममा डमी हतियार प्रयोग गर्ने

प्रकाशित मिति

२०७८ जेष्ठ ३ गते, सोमबार ०४:००

काठमाडौँ :  बागमती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण प्रदान गर्ने ईकाईहरुबाट हाल नियमित प्रयोग गरिने ओरिजिनल हतियार प्रयोग गर्दै आईरहेकोमा उक्त हतियारहरु विग्रने, फुट्ने तथा बेसावुत भई काम नलाग्ने हुँदा डमि हतियार प्रयोग गर्न लागिएको हो ।


बागमती प्रदेश प्रहरी कार्यालयको बार्षिक कार्ययोजना (२०७७) मा उल्लेख भएको क्रियाकलाप अनुसार ५०० थान काठको डमी हतियार निर्माण गरी बागमती प्रदेश अन्तर्गतको प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक ईकाईमा वितरण गरी प्रयोग गर्ने अवधारणा अनुरुप यस कार्यको थालनी गरिएको हो ।

Kamana Sewa

कार्यालयको आन्तरिक स्रोत साधन तथा यसै कार्यालयको हातहतियार मर्मत शाखामा कार्यरत प्राविधिक प्रहरी जनशक्तिहरुबाट पहिलो चरणमा ५० थान काठको डमी हतियार निर्माण सम्पन्न गरिएको छ ।

Classic Tech Desktop

ओरिजिनल हतियारको तौल र साईजमा निर्माण गरी बागमती प्रदेश प्रहरीको प्रमुख प्रशिक्षण प्रदान गर्ने ईकाई बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई ५० थान काठको डमी हतियार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले हस्तान्तरण गरेका छन् ।


फायरिङ बाहेकको अन्य हातहतियार प्रशिक्षण कार्यमा सक्कली हतियार प्रयोग नगरी डमी हतियार प्रयोग गर्दा सक्कली हतियार टुट्ने, फुट्ने नभई हिफाजत हुने भएकोले पाइलट प्रोजेक्टको रुपमा बितरण गरिएका डमी हतियारहरुले पार्ने प्रभावलाई विश्लेषण गरी आवश्यकता अनुसार थप निर्माण तथा वितरण गरिदै जाने लक्ष्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया