• ११ असोज २०८३, आइतबार
  • ७ः४२ बेलुका

भारतमा थप ३ लाख ६६ हजारमा संक्रमण, ३७ सय ४८ को मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख २७ गते, सोमबार ०८:३४

फाइल तस्वीर

National Life

काठमाडौँ– दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ६६ हजार ४९९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार ९१८ वैशाखमा० कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २६ लाख ६२ हजार ४१० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८६ लाख ६५ हजार २६६ जना संक्रमणमुक्त भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ५० हजार ९९८ छ । यस्तै त्यहाँ एकैदिन ३७ सय ४८ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ४६ हजार १४६ पुगेको छ ।

प्रतिकृया