• १४ असोज २०८३, बुधबार
  • १०ः५१ बिहान

ओलीले सामूहिक राजीनामालाई ‘अपराध कर्म’ को संज्ञा दिए (प्रेसवक्तव्यसहित)

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०५:४०

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदहरुले सामूहिक राजीनामा गरेमा त्यो ‘अपराध कर्म’ हुने टिप्पणी गरेका छन् । उनले आज प्रेस वक्तव्य जारी गर्दै अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन आग्रह गरेका छन् ।

National Life

 

‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कर्त केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन्,’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस वक्तव्यमा भनेका छन्, ‘यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुने आव्हान र आग्रह गर्दछु ।’

Classic Tech Mobile
Classic Tech Desktop

 

उनले पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव बनाउने घातक प्रवृत्तिहरु देखा परेको समेत बताएका छन् ।एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर सांसदहरु सामूहिक राजीनामाका लागि अगाडि बढ्दा ओलीको विज्ञप्ति आएको हो ।

प्रतिकृया