• ५ साउन २०८३, मंगलबार
  • १:०८ बेलुका

कोरोनाका कारण दुग्ध क्षेत्रको ६० प्रतिशत बजार गुम्यो

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ११:०८

काठमाडौँ :  कोभिड-१९ को महामारी र त्यसले ठाउँठाउँमा गरेको निषेधाज्ञाले दूध क्षेत्रमा ठूलो असर गरेको छ । डेरी उद्योग सञ्चालन गर्दै आएका उद्योगीका अनुसार वैशाख १६ गतेयता दूध क्षेत्रको ६० प्रतिशत बजार समाप्त भएको छ । नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालका अनुसार देशभरिबाट दैनिक ३२ लाख लिटर दूध बजारमा जान्थ्यो तर अहिले १३ लाख लिटरमा झरेको छ र यो अझै कम हुँदै जानेछ । अहिले दूधबाट आउने दैनिक १० करोड रुपियाँ खेर गइरहेको छ ।

 

Kamana Sewa

बजार नआएको दूध किसानले आफैँ प्रयोग गर्न बाध्य भएका छन् अथवा अन्य ढङ्गबाट त्यसलाई व्यवस्थापन गरिरहेका छन् । गत वर्षकै कोरोना महामारीबाट दूध क्षेत्रको बजार खराब भएको थियो । त्यसबाट उठ्न नपाउँदै दोस्रो लहर सुरु भएको छ । अब नउठ्ने गरी बजार खस्न लागेको महासचिव दाहालले बताउनुभयो । यसअघि डेरी उद्योगीले किसानको सबै दूध खरिद गरेर त्यसलाई एसएनपी (धुलो दूध), बटरलगायत अन्य दुग्ध पदार्थ बनाउँथे तर ती एसएनपी तथा बटर अझै बिक्री भएको छैन ।

Classic Tech Desktop

 

अहिले बजारमा खपत हुन नसक्ने दूध खरिद गरेर पुनः एसएनपी तथा बटर बनाउन नसकिने अवस्था रहेकाले बजारमा खपत हुने दूध मात्र खरिद गर्ने आफूहरूको तयारी रहेको डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले बताउनुयभो । डेरी उद्योगहरूले विभिन्न मिलमा बनाएको एसएनपी अझै उठाउन सकेको छैन । त्यो उठाएसम्म अर्को बनाउन नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

 

यो सिजनमा कच्चाको दूधको अभाव हुन्थ्यो र बजारमा दूध पु¥याउनका लागि एसएनपी प्रयोग गर्नुपथ्र्यो तर अहिले कच्चा दूध नै पर्याप्त भएका कारण एसएनपीको खपत छैन । त्यही भएर धुलो दूध कारखानामा थन्किएको महासचिव दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानबाट सबै दूध खरिद गर्न नसक्ने भएकाले कहिले कहिले खरिद गर्ने भनी तालिका बनाउन लागेका छौँ । ”  गोरखापत्र

प्रतिकृया