• २८ भदौ २०८३, आइतबार
  • ८ः५१ राती

मौसममा बदली यी स्थानमा हुन सक्छ चट्याङ्गसहितको वर्षा

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०७:४९

काठमाडौँ :  आज देशका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पश्चिमी न्यून चापीय प्रणाली, पूर्व पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावले आज दिउँसो मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

National Life

 

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आह्वान गरिएको छ ।  सोमबार र मंगलबार पनि ठाउँ ठाउँमा हल्का वर्षाको पूर्वानमान गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख २६ गते आईतबार

दिउँसो देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

राति देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

वैशाख २७ गते सोमबार

दिउँसो देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

राति देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

वैशाख २८ गते मंगलबार

दिउँसो देशको प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ।

 

राति देशका प्रदेश १, प्रदेश २ तथा बाँकी प्रदेशहरुका पहाडी भू(भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम साथै प्रदेश नं १ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया