• ३० भदौ २०८३, मंगलबार
  • ५ः२८ बेलुका

‘धारै नखोली’मा पुजा र आँचलसँग रोमान्टिक आकाश

प्रकाशित मिति

२०७८ बैशाख २५ गते, शनिबार ०४:०२

पुजा शर्मा र आँचल शर्मा

National Life

काठमाडौं:  अभिनेत्रीद्वय पुजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतको भिडियोमा पुजा र आँचलसँग अभिनेता आकाश रोमान्टिक बनेका हुन् ।

भिडियोमा गायक रोशन पनि फिचर्ड छन् । गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । विधान कार्की निर्देशित भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया