कोरोना संक्रमणको रोकथाममा खटिन गृहमन्त्री थापाको निर्देशन
प्रकाशित मिति
२०७८ बैशाख २५ गते, शनिबार ०३:४५
काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले मकवानपुर जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको निरीक्षण गरेका छन् । उक्त कार्यालयले जनहितका लागि पुर्याएका विभिन्न सेवाको पनि सम्बन्धित अधिकृतबाट जानकारी लिए ।
मन्त्री थापाले तत्कालै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी जिल्ला अस्पताललगायत विभिन्न स्थानीय तहमा आइसोलेशन कक्षको स्थापना गर्नाका साथै जिल्ला समन्वय समिति र स्थानीय तहसँग समन्वय गरेर उपचारसेवालाई अघि बढाउन प्रजिअलाई निर्देशन दिए ।
जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउन जिल्ला सुरक्षा समितिलाई भूमिका निर्वाह गर्न आग्रह गर्दै जिल्लाका अस्पताल र स्वास्थ्यकर्मीलाई संघीय सरकारले आफ्नो स्रोतसाधन र चिकित्सकको दरबन्दी उपलब्ध गराउँदै आएको स्मरण गराए । सो अवसरमा प्र.जि.अ भरतमणि पाण्डेले जिल्लामा शान्तिसुरक्षाको अवस्थामा सुधार आएको, विभिन्न स्थानमा प्रहरी परिचालन भइरहेको र कोभिड–१९ नियन्त्रणका लागि जनशक्ति परिचालन गरिएको बताए ।
प्रतिकृया