• ३१ भदौ २०८३, बुधबार
  • ५ः३९ बिहान

महालक्ष्मी नगरपालिकाले क्लोज कन्ट्याक्स् पहिचान गर्दै एन्टिजेन परीक्षण, २७जनामा पोजेटिभ र निःशुल्क एम्बुलेन्स सेवा

प्रकाशित मिति

२०७८ बैशाख २४ गते, शुक्रबार ०९:२८

कोभिड १९ का बिरामीहरुको लागि निःशुल्क एम्बुलेन्स चालक  प्रल्हाद  नेपाली  मिजार  – ९८४९४९५०१४  

National Life

 

काठमाडौँ :  ललितपुरको महालक्ष्मी नगरपालिकाले केस अनुसन्धान र सम्पर्क ट्रेसिङ ( Case Investigation and Contract Tracing-CICT )  टिममार्फत कोभिड-१९ संक्रमितहरुको क्लोज कन्ट्याक्स् ( Close Contacts ) पहिचान गरी एन्टि एजेन्ट टेष्ट (Anti-Agent Test) मार्फत एन्टिजेन पद्धतिबाट कोभड-१९ संक्रमण भए-नभएको परीक्षण गरेको छ ।  क्लोज कन्ट्याक्स् पहिचान गर्दै एन्टिजेन परीक्षण  गर्दा २७ जनामा पोजेटिभ संक्रमण भएको महालक्ष्मी नगरपालिकाले  जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

नगरपालिकाले वैशाख २१ गते  लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा वडा नं ८ र ९ मा रहेका कोभिड-१९ संक्रमितहरूका क्लोज कन्ट्याक्टमा परेका १४ पुरुष र १२ महिला गरी जम्मा २६ जनाको एन्टिजेन पद्धतिबाट कोभिड-१९ परीक्षण गर्दा २ जनामा परीक्षण नतिजा पोजेटिभ भएको थियो । यस्तै नगरपालिकाले वैशाख २३ गते वडा नं ५ को महेन्द्र ग्राम मा.वि.मा ४८ जना क्लोज कन्ट्याक्स्को एन्टिजेन परीक्षण गर्दा १३ जनामा परीक्षण नतिजा पोजेटिभ भएको थियो।

 

एन्टिजेन पद्धतिबाट वैशाख २४ गते लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा ४५ जना क्लोज कन्ट्याक्टमा परेका कोभिड-१९ परीक्षण गर्दा १२ जनाको परीक्षण नतिजा पोजेटिभ आएको छ । यससँगै नगरपालिकाको उक्त टिममार्फत कोभिड-१९ संक्रमितहरुको क्लोज कन्ट्याक्ट पहिचान गरी एन्टि एजेन्ट टेष्टमार्फत कोभिड-१९ संक्रमण परीक्षण गर्ने कार्य नियमित रूपमा सञ्चालन गरिने जनाएको छ ।

 

नगर क्षेत्रभित्रका कोभिड-१९ का बिरामीहरुको लागि सञ्चालनमा ल्याइएको निःशुल्क एम्बुलेन्स सेवाबाट पछिल्लो १५ दिनमा ६४ जना नगरवासीहरूले लाभ लिएको नगर प्रमुख रामेश्वर श्रेष्ठले बताएका छन् । सो सेवा आवश्यक पर्ने  बिरामीहरुले एम्बुलेन्स चालक प्रल्हाद नेपाली मिजार ( ९८४९४९५०१४ )  लाई सम्पर्क गरी सेवा लिन सकिने नगरपालिकाले जनाएको छ ।

 

 

 

यसैगरी नगरपालिकाभित्र संक्रमित भई होम आईसोलेसनमा बसेका र कोभिड-१९ सम्बन्धी आवश्यक जानकारी तथा परामर्श लिन चाहनेहरुका लागि सञ्चालनमा ल्याइएको निःशुल्क चिकित्सक परामर्श सेवा बाट हाल सम्म नगरपालिका भित्रबाट ३८७ र नगरपालिका बाहिरबाट १३ गरी जम्मा ४०० जनाले चिकित्सकहरूलाई फोन सम्पर्क गरी सो सेवाबाट लाभ लिएको जानकारीका साथै यस सेवाबाट लाभ लिन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरेको छ । यसका साथै नगरपालिकाले निवृत भएका र सेवामा नभएका सबै प्रकारका स्वास्थ्यकर्मीहरुलाई विषम् परिस्थितिमा स्वयमसेवक बनि सेवा दिन सम्पूर्णमा अपिल गरेको छ ।

निःशुल्क चिकित्सक परामर्श सेवा

 

 

 

नगरपालिकाले निवृत भएका र सेवामा नभएका सबै प्रकारका स्वास्थ्यकर्मीहरुलाई विषम् परिस्थितिमा स्वयमसेवक बनि सेवा दिन सम्पूर्णमा अपिल

 

 

 

 

प्रतिकृया