• १२ असोज २०८३, सोमबार
  • ९ः२२ राती

चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने सरकारको चेतावनी

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ०५:३०

काठमाडौं  :  सरकारले चर्को शुल्क असुलेर केही निजी अस्पतालले कोरोना संक्रमित तथा बिरामीहरुको उपचार गरिरहेको गुनासो आइरहेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

National Life

 

‘कोभिड–१९ को संक्रमणको यस महामारीको समयमा केही निजी अस्पतालहरुले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको गुनासो प्राप्त भइरहेका छन्। महामारीको यो समयमा हामीले एक अर्कालाई सेवाभावले सहयोग गर्नुपर्नेमा अनावश्यक दुख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

मन्त्रालयले यस किसिमको अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्नेलाई तत्काल यस्तो कार्य बन्द गर्न सचेत गराउँदै कसैले यस्ता गतिविधि जारी राखे जानकारी गराउन अनुरोध पनि गरेको छ ।  केही निजी अस्पतालले आईसीयू र बेड लगायतको शुल्क भन्दै चर्को मूल्य तोकिएको दररेट नै सार्वजनिक गरेका थिए । उनहरुले महामारीलाई लुट्ने माध्यम बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आएको छ ।

प्रतिकृया