संक्रमणलाई लापरवाही नगर्न आग्रह : प्रम ओली
प्रकाशित मिति
२०७८ बैशाख २० गते, सोमबार ०४:१९
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमणलाई लिएर आतंकित नहुन आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा गरेको सम्बोधनका क्रममा महामारीले कसैलाई पनि नछोड्ने चेतावनी दिँदै उनले लापरवाही नगर्न आग्रह गरेका कुरा बताएका हुन् ।
सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । उनले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि बताए । यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षमा करारमा भर्ना गरिने पनि ओलीले बताए ।
उनले गत वर्ष नागरिक तहबाट लापरवाही भएकाले संक्रमण तीब्र भएको दाबी गरेका छन्। उनले संयमता अपउनुपर्ने र धैर्य गर्नुपर्नेमा जोड दिए। साबुपानीले हात धुन, घरमै बस्न, घरबाट बाहिर निस्कन परेमा अनिवार्य र सही तरिकाले मास्क लगाउन, भोजभतेर घरमै गर्न, हल्लाबाट टाढै रहन पनि प्रधानमन्त्रीले सम्बोधनमा आग्रह गरेका छन्। ओलीले महामारी नियन्त्रणका कदममा सबैका साथ मिल्ने अपेक्षा पनि गरे। चिकित्सक, स्वास्थ्यकर्मी, सफाईकर्मीलगायतलाई पनि सहयोग गर्न आग्रह गरेका छन्।






प्रतिकृया