उपत्यकाको निषेधाज्ञामा भोलिदेखि थप कडाइ
प्रकाशित मिति
२०७८ बैशाख १६ गते, बिहीबार १०:४४
काठमाडौँ : गृह मन्त्रालयले भोलिदेखि उपत्यकाको निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विहीबार निषेधाज्ञाको पहिलो दिन भएकाले धेरैलाई प्रोटोकलबारे जानकारी नभएकाले दोस्रो दिनबाट कडाइ गर्ने बताएका छन् ।
उनले निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानूनी कारवाहीमा ल्याउने समेत चेतावनी दिए ।

सरकारले जारी गरेको दुई साता लामो लकडाउन सुरु भएको पहिलो दिन विहीबार सुन्धरा, भद्रकाली र रत्नपार्कमा सयौं गाडी र मोटरसाइकलको जाम भएको थियो ।
परिचयपत्रधारी व्यक्तिहरु कार्यालय समयमा एकैपटक निस्किँदा जाम भएको बताइएको छ ।
बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, सञ्चारगृहका कार्ड तथा खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री ढुवानी गर्नेहरुलाई खुकुलो बनाइएका कारण एकाएक सयौं मान्छे सडकमा निस्किएका छन् ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया