• २४ भदौ २०८३, बुधबार
  • २ः३२ दिउँसो

प्रहरी हेडक्वाटरमा घुस्यो कोरोना, ४५ प्रहरी संक्रमित

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०५:४६

काठमाडौँ:  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरी कर्मचारीमा पुनः कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी हेडक्वाटरमा कार्यरत ४५ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

National Life

 

काठमाडौँ उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । नागरिकको प्रत्यक्ष सम्पर्कमा आउने प्रहरीहरु कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।हेडक्वार्टर’मा कार्यरत विभिन्न तहका ४५ प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

दोस्रो चरणमा हेडक्वाटरसहित देशभर ९३ प्रहरीमा कोरोना संक्रमण देखिएको जानकारी दिए ।  पहिलो चरणमा सयौं प्रहरी कर्मचारीलाई कोरोना देखिएको थियो भने ६ जना प्रहरीले ज्यान गुमाएका थिए । कोरोनाको दोस्रो लहर नेपालसहित विश्वभर फैलिरहेको छ ।

प्रतिकृया