• २३ भदौ २०८३, मंगलबार
  • ४ः३९ बिहान

गोकर्णेश्वरमा निःशुल्क शिविर

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार १०:२१

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ मा कोरोना सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

National Life

 

स्थानीय नेवारी संस्था किसिगाल ग्वाहलि पुचः सँगको सहकार्यमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले  १ हजार १ बढीको स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

स्थानीय उत्तरबाहिनी स्कूलमा सञ्चालन गरिएको शिविरमा कोरोनाका लक्षण, बच्ने उपाय र संक्रमण भए अपनाउँनुपर्ने सावधानीका बारेमा जानकारी गराइएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले बताएका छन् । सोही अवसरमा विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको हो ।

 

शिविरमा १ हजार १ सय २३ जनाको स्वास्थ्य परीक्षण गरिएको दाहालले जानकारी दिए । उनका अनुसार परीक्षण गराइएकामध्ये २०५ जनाको ल्याबटेष्ट, १९२ जनाको इसीजी र १८५ जनाको भिडियो एक्सरे गरिएको छ ।

 

यस्तै  दाँतमा समस्या भएका ५५ जना विरामीको दाँत खोलिएको केएमसीले जनाएको छ ।

प्रतिकृया