मन्त्री पद गुमाएपश्चात् पनि सरकारी गाडी प्रयोग
प्रकाशित मिति
२०७८ बैशाख १४ गते, मंगलवार १०:१०
सुर्खेत : फ्लोर क्रस गरी तीन मन्त्री भएकाहरु आठदिनमै पदमुक्त हुँदा पनि झण्डा छोपेर सरकारी गाडीमा सवार गर्दै हिँडेका छन् । मन्त्री पद गुमिसकेको भए पनि झण्डा छोपेर तीनै जनाले सरकारी गाडी प्रयोग गर्दै हिँडेका हुन् ।

दैलेखका अम्मरबहादुर थापा आज दैलेख बजारबाट मन्त्रीकै गाडी लिएर महावु गाउँपालिकातिर लागेका भने बाँकी दुई मन्त्रीहरु वीरेन्द्रनगरमै छन् । पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारको पक्षमा मतदात गरेका कर्णाली प्रदेशका चारमध्ये तीन एमाले सांसदले भोलिपल्टै मन्त्री पदको पुरस्कार पाएका थिए तर, पार्टीले कारवाही गरेपछि मन्त्री बनेको आठ दिनमै उनीहरु पदमुक्त भएका हुन् ।

वैशाख ३ गते भएको मतदानमा एमालेका चार सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेका थिए । चारमध्ये ज्वालाबाहेक तीन जनालाई भोलिपल्टै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बनाए र सपथग्रहण समेत गराए । तर, पार्टीको सिफारिसमा संसद पद निलम्बनमा परेसँगै उनीहरुको मन्त्रीबाट पनि पदमुक्त भएका हुन् । उनीहरुलाई फेरि सपथग्रहण गराउनेबारे औपचारिक जानकारी दिइएको छैन ।
हिजो बसेको बसेको प्रदेश सभाको वैठकले तीन मन्त्रीसहित ४ एमाले सांसदहरु पदमुक्त भएको घोषणा गरेको थियो । सांसद पद गुमाएपछि उनीहरु मन्त्रीबाट पनि स्वतः बर्खास्त भएका हुन् । मन्त्री बन्नका लागि अब उनीहरुले संविधानको धारा १७० को उपधारा १ बमोजिम स्वतन्त्र हैसियतमा सपथग्रहण गर्नुपर्ने हुन्छ । तर, मन्त्री पद गएको २४ घण्टा बित्नलाग्दासम्म सपथग्रहणको टुंगो छैन ।



प्रतिकृया