• २२ भदौ २०८३, सोमबार
  • ९ः१३ राती

गुरुङ्गमाथि अविश्वासको प्रस्तावको टुंगो कहिले ?

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०९:५१

गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल हुँदैछ ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

गण्डकी प्रदेशमा गुरुङ्गको पक्षधर र विरोधी दुवै समूह आफ्नो पक्षमा पल्लाभारी बनाउन सक्रिय भएका छन् । उनीविरुद्ध भएकाे अविश्वासको प्रस्तावको टुंगो भोलिभित्र लगाउनुपर्नेछ ।

 

 

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र एक भएपनि अविश्वासको प्रस्ताव पारित हुँदैन । सबै सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेमा गुरुङ्गको सरकार ढल्छ । तर, फ्लोर क्रसको सम्भावना माओवादी र जनमोर्चामा पनि देखिएको छ ।

 

 

यद्यपि, गण्डकी प्रदेशमा फ्लोर क्रसको रोचक घटना हुने संकेतहरु देखिएका छन् । ६० सदस्यीय रहेकाे यस प्रदेशमा जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदले अविश्वासको प्रस्तावको पक्षमा मत दिने सम्भावना रहेकाे छ । माओवादी र जनमोर्चाबाट फ्लोर क्रस भएमा एमालेबाट पनि फ्लोर क्रस हुनसक्ने सम्भावना उत्तिकै रहेकार्छ  ।

 

 

गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद रहेका छन् । काँग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र १ जना सांसद रहेका छन् । स्वतन्त्र सांसद दिपक मनाङे एमालेलाई समर्थन गर्दै आएका छन् । उनले पनि अविश्वासको पक्षमा मतदान गर्ने सम्भावना छ ।

प्रतिकृया