• २५ भदौ २०८३, बिहीबार
  • ३ः४२ राती

हेटौँडामा सवारीसाधन जोर–बिजोर प्रणाली सञ्चालन गरिने

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ०४:११

हेटौंडा:  वागमती प्रदेशको राजधानी हेटौँडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनिकरण गर्न भीडभाड हुने स्थानमा आज बिहानैदेखि हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

National Life

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौँडाको विभिन्न क्षेत्रमा आवाजजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरी सफारी लाई तोकिएको स्थानमा मास्क लगाई जोर–बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याइएको बताए । जोर–बिजोर प्रणाली लागू गर्ने भनि जानकारी नभएका सवारीधनीलाई प्रहरीको विभिन्न टोलीले सम्झाई÷बुझाई गरी गन्तव्य स्थानमा पठाइएको र अन्य सवारीसाधनलाई फिर्ता पठाइएको पनि प्रहरी निरीक्षक अधिकारीले जनाए ।

उनका अनुसार भीमफेदी, कुलेखानी, दामन, पालुङ, भैंसे, मनहरी, लोथर, फापरबारी राईगाउँबाट दैनिक सञ्चालनमा ल्याइएका यात्रुबाहक बसलाई मास्क र सेनिटाइजर प्रयोग गर्न लगाई आ–आफ्नो गन्तव्य स्थानसम्म आवज आवत गर्न अनुमति दिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला प्रशासन कार्यालय र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको केहीदिन अघि बसेको संयुक्त बैठकले प्रथम चरणमा हेटौँडा आसपास क्षेत्रमा सङ्क्रमणको जोखिमलाई न्यूनिकरण गर्न हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालनमा ल्याउने निर्णयअनुसार आजदेखि उक्त प्रणाली लागू गरिएको प्रजिअ भरतमणि पाण्डेले बताए ।

विभिन्न शहरमा सिसिटिभी जडान गरिने

प्रदेशका विभिन्न जिल्लाका संवेदनशील शहरमा बढ्दो अपराध, लुटपाट र सवारी दुर्घटनालाई नियन्त्रणमा ल्याउन सिसिटिभी छिट्टै जडान गर्न लागिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव मदन भुजेलले प्रदेशका सिन्धुली, चितवनको नारायणगढ–मुग्लिङ, धादिङको नौबिसे, मकवानपुरको हेटौँडा र चुरियामाई, काभ्रेपलाञ्चोकको धुलिखेल, नुवाकोटको ककनी त्रिशूली क्षेत्रमा सिसिटिभी जडान गर्न पूर्वाधारको निर्माण कार्यमा तीव्रता ल्याइएको बताए ।

उनका अनुसार ती शहरमा सिसिटिभी जडान गर्न प्रदेश सरकारले बोलपत्र आह्वान गरिसकिएको र केही महिनाभित्रै सिसिटिभी जडान गरी प्रयोगमा ल्याइने तयारी भइरहेको छ ।

प्रतिकृया