• २५ भदौ २०८३, बिहीबार
  • ४ः३९ बिहान

फ्लोर क्रस गर्ने एमालेका चार सांसद पदमुक्त हुँदै, निष्कासनको पत्र प्रदेशसभामा दर्ता

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ०३:४३

सुर्खेत : नेकपा एमालेले फ्लोर क्रस गरी मतदान गरेका चारजना सांसदलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ ।

National Life

निष्कासन गरिएको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा केहीबेरअघि दर्ता भएको छ । नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी सरकार बचाउन भूमिका खेलेको भन्दै प्रदेशसभा सदस्य पदबाट मुक्त गराइएको पत्र प्रदेशसभामा दर्ता गरेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले नेपाल प्रेसलाई बताए ।

 

Classic Tech Mobile
Classic Tech Desktop

पदमुक्त हुने प्रदेशसभा सदस्यहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा छन् । ज्वालाबाहेक तीनजना माओवादी नेतृत्वको सरकारमा मन्त्री भइसकेका छन् ।

नेकपा एमाले महाधिवेशन आयोजक कमीटीको १० वैशाखमा बसेको बैठकले पनि उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया