• २४ भदौ २०८३, बुधबार
  • १२ः०८ राती

१ हजार दरका नक्कली नोट सहित ईमाडोलबाट १ युवक पक्राउ

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ०१:२९

ललितपुर: महालक्ष्मी नगरपालिका-१ ईमाडोलबाट १ हजार दरको नक्कली नोट ५ थान सहित  काठमाडौं  माछापोखरी बस्ने हुम्ला सार्केटार गाउँपालिका-७ जैर घर भएका १९ वर्षीय मुन बहादुर  रावतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

National Life

 

उक्त ठाउँमा नक्कली पैसाको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ग्वार्को ईमाडोलतर्फ आउँदै गरेका रावतलाई शंका लागि शरीर तलासी गर्दा उक्त नक्कली नोट सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनको साथबाट सक्कली नोट जस्तो देखिने ५ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

उनी उपर जिल्ला अदालत ललितपुरबाट मुद्रा सम्बन्धी कसूर मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको  महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिकृया