• २६ भदौ २०८३, शुक्रबार
  • २ः३१ दिउँसो

शिक्षामन्त्री श्रेष्ठ भन्छन्: २५ वर्षभन्दा मुनिको उमेर समूहमा कोरोना प्रभाव बढी देखिएकाले विद्यालय बन्द

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०३:२३

काठमाडौँ:  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्षमुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताएका छन्।

National Life

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले २५ वर्षभन्दा मुनिको उमेर समूहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठनपाठनलाई अनलाइन माध्यमबाट गर्ने गरी वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताए।

 

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘२५ वर्षभन्दा तलका उमेरका विद्यार्थी भाइबहिनीहरुमा यसको प्रभाव अलि बेसी देखिएको हुनाले यो सन्दर्भमा लामो आवश्यक अनुसन्धान र छलफल पछि यो कोभिडको कारणले सबैभन्दा बढी प्रभावित बालबालिकामै पर्ने हुनाले आजको मन्त्रिपरिषद्ले वैशाख मसान्तसम्म स्कुलको पठनपाठन भर्चुअल माध्यमबाट गर्ने निर्णय भएको हो।’ मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरुलाई विद्यालयमा भौतिक रुपमा आउन अनिवार्य नगरे पनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताए।

 

उनले भने, ‘स्वास्थ्य मन्त्रालयले तोकिएका जिल्लाहरु र घोषित शहरहरु जुन क्षेत्रमा कोभिडको प्रभाव व्यापक छ ती सहरहरु र जिल्लाहरुमा डिसीसीएमसीको तर्फबाट गरिएको सिफारिसको आधारमा ती सहर र जिल्लामा वैशाख मसान्तसम्म भौतिक रुपमा विद्यार्थीहरुलाई स्कुलमा आउन अनिवार्य नगर्ने। वैकल्पिक व्यवस्थाबाट पठनपाठन गर्नेगरी वैशाख मसान्त सम्मका लागि स्थगित गरिएको छ।’ मन्त्री श्रेष्ठले कुनैपनि तहको परिक्षा नरोकिने पनि स्पष्ट पारे। असारदेखि नयाँ शैक्षिक सत्र सुरु हुने पनि उनले बताए।

प्रतिकृया