ओलीलाई रावलको ठाडो चुनौती
प्रकाशित मिति
२०७८ बैशाख ६ गते, सोमबार ०९:५४
काठमाडौँ: पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चुनौती दिदै एमसीसीबारे मतदानमा जानका लागि भनेका छन् । उनले मतदानबाट एमसीसीबारे टुंगो लगाउने गरी आउन ठाडो चुनौती दिएका हुन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै प्रम ओलीलाई एमसीसीबारे मतदानमा जान भनेका हुन् । रावलले अधिकांश नेपाली
नागरिकले एमसीसी सम्झौताको विरोध गरिरहेको दाबी गर्दै एमसीसी देशमा लागू हुँदा कति नेपाली नागरिक खुशी छन् भन्ने एकिन तथ्यांक जान्न मतदानमा जान ओलीलाई चुनौति दिएमा छन् ।
रावलले पार्टी अध्यक्ष ओलीले आजका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकलाई अवैध भनेका छन् । एमालेको नवौं महाधिवेशन मान्ने जो कोहिले ओलीले बोलाएको बैठक बहिष्कार गर्ने दावी गर्दै अवैध बैठकमा सहभागी हुन नसक्ने तर्क गरेका छन् ।
आवेशमा आएर कुनै पनि निर्णय गर्न नहुने नेता रावलले बताए । रावलले राष्ट्र र राष्ट्रियताको पक्षमा आफू सधैँ बोल्ने दावी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक मर्यादा नाघेर पद जोगाउन खोजेको आरोप लगाएका छन् ।
(फाइल तस्बिर)






प्रतिकृया