• ११:४९ २०८० चैत्र १६ गते
  • 11:49 am

वार्षिक सम्झनामा सीमित सलहेस सर्किट

प्रकाशित मिति

२०७७ चैत्र २८ गते, शनिबार ०५:४४

new year flower 0cfwW7J43H

लहान प्रतापी राजा सलहेस गाथासँग जोडिएका धार्मिक स्थलहरू वार्षिक सम्झनामा सीमित बनेको छ। वर्षमा एक पटक वैशाख १ गते लाग्ने मेलामा ओर्लिने जनउभारसँग गुलजार बन्ने सलहेस सर्किट मेला सम्पन्न भएसँगै उजाड बन्छ।

सलहेसलाई राष्ट्रिय विभूति घोषणा गराउन अभियान चलाएका अभियन्ता राजकुमार महतोले प्रदेश २ को समृद्धिको आधार कृषि र पर्यटन भएको बताए। जानकी मन्दिर, गढीमाई, छिन्नमस्ता भगवती सखडा सँगै सलहेसलाई जोडेर यस प्रदेशमा पर्यटन सर्किट बनाउन सके प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने महतोको भनाइ छ।

सलहेस फूलबारी जस्तो माटो, पानी, रुखबिरुवा र वातावरण अरू कुनै ठाउँ नभएकाले पनि यस क्षेत्रको विकास, प्रवद्र्धन र संरक्षण आवश्यक छ। रसलहेस दुसाद जाति दलित देवता भए पनि हरेक जातजाति र सम्प्रदायमा भगवान्को पदवी पाएका छन्। राजा सलहेसले एकता र सम्पदा सदभावको सन्देश दिन्छ। ५ हजार वर्षको उज्ज्वल इतिहास बोकेको राजा सलहेसका वैभव र वीरताका गाथा ओझेलमा पर्नु विडम्बना हो।

सलहेस फूलबारीमा वैशाख १ गते वर्सेनि मेला लाग्ने विषय मिथिलावासीका लागि नौलो होइन। लोकगाथामा भनिएअनुसार फूलबारीमा सलहेस फूल टिप्न आउँथे। यही पकरिया गढकी राजकुमारी चन्द्रा पनि फूल टिप्न फूलबारी आइरहन्थिन्। फूलबारीमा सलहेसलाई देखेपछि उनले सलहेससमक्ष पे्रम प्रस्ताव राखिन्। तर सलहेसले अस्वीकार गरिदिए। त्यपछि राजकुमारीले आफ्ना पिता राजा कुलेश्वरलाई फूलबारीमा चोर आएको र उसले आफूमाथि हातपात गर्न खोजेको चुक्ली लगाइन्।

राजाको आज्ञाले सलहेस समातिए र जेलमा बन्द गरिए। त्यसै क्रममा उनीमाथि राजकुमारीको चन्द्रहार चोरेको अभियोग लाग्यो, जसको सजाय मृत्युदण्ड थियो। यस अवस्थामा सलहेसकी पे्रयसी दौनामालिनीले आफ्नो रूपको जादु र विवेकले उनको मृत्युदण्ड सजाय माफ गराइन्। त्यपछि दुवैबीच ९सलहेस र दौना मालिनी० को प्रेम गाढा भएर गएको किंवदन्ती छ।

दौना मालिनी र सलहेसबीचको प्रेम सम्झनाको रूपमा यस फूलबारीमा रहेको हारमको रूखमा प्रत्येक वर्ष माला आकृत फूल फुल्ने गरेको लोक भनाइ छ। नागरिक दैनिकबाट

प्रतिकृया