• २९ भदौ २०८३, सोमबार
  • १२ः५६ राती

माइतीघरमा युवा संघको विरोध प्रदर्शनः ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोई?

प्रकाशित मिति

२०७७ चैत्र २८ गते, शनिबार ०५:१३

काठमाडौँ: नेकपा एमालेको माधवकुमार नेपाल निकट युवा संघ नेपालले चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

National Life

राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै नेपाल निकट नेताहरुले शनिबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

तर, ती पदकहरुमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ । त्यसैको विरोधमा युवा संघ नेपालले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याऊ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोई रु चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए ।

प्रतिकृया