• २८ भदौ २०८३, आइतबार
  • ६ः१९ बेलुका

४३ लाख रुपैयाँ र नौवटा छड्के तिलहरीसहित नागढुंगाबाट एकजना पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र २२ गते, आईतवार १०:३४

काठमाडौँ : प्रहरीले ४३ लाख रुपैयाँ र नौवटा छड्के तिलहरीसहित नागढुंगाबाट एकजनालाई पक्राउ गरेको छ।

National Life

 

दाङको तुलसीपुरबाट काठमाडौँ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००–६ ख ०९१२ नम्बरको बसमा खानतलासी गर्दा शनिबार बेलुका ८ बजेतिर कार्टुनमा प्याक गरेर ल्याएको अवस्थामा ४३ लाख रुपैयाँ र ९ पोतेसहितको ९ वटा छड्के तिलहरी बरामद गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

 

कार्टुनमा एक हजार दरका ३९ सय थान र पाँच सय दरका ८ सय थान नोट रहेको प्रहरीले जनाएको छ।

सो रकम र तिलहरीसहित तुलसीपुर–५ का सन्दीप कौशल पक्राउ परेका हुन्।

उनले आफ्नो व्यक्तिगत रकम रहेको बताएको भए पनि हुण्डी कारोबारी हुन सक्ने भएकाले अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले बताएका छन्।

प्रतिकृया