• ४ साउन २०८३, सोमबार
  • ८:२५ बेलुका

 ‘कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न सक्दैन’ :सरकारबारे माधव समूहका नेता रिजाल

प्रकाशित मिति

२०७७ चैत्र २१ गते, शनिबार ०१:४६

काठमाडौँ: नेकपा एमालेको माधव नेपाल समूहका नेता विष्णु रिजालले प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार गठनका लागि पहल गर्ने नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दबाब मत्थर पार्न र सार्वजनिक खपत बाहेक अरु केही नभएको बताएका छन्।

 

Kamana Sewa

अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै नरहेको रिजालको दाबी छ। सत्ताको बल जसपासँग रहेको र जसपा प्रधानमन्त्रीसँग सघन सम्वादमा रहेकाले कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न नसक्ने रिजालको जिकिर छ। ‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने, अनि सरकार परिवर्तनको गुञ्जायस कसरी रहन्छरु’, रिजालले प्रश्न गरेका छन्।

Classic Tech Desktop

 

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केपी ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो। जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कांग्रेसको यो निर्णयको सराहना गरेका छन्।माओवादी केन्द्रले पनि कांग्रेसको निर्णयको स्वागत गरेका बेला एमालेको माधव नेपाल समूहबाट भने कांग्रेसको निर्णय सार्वजनिक खपत बाहेक अरु केही नभएको प्रतिक्रया आएको हो।

 

कांग्रेसले राजीनामा माग गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने घोषणा गरेका छन्।

प्रतिकृया