• ९ असोज २०८३, शुक्रबार
  • ३ः४६ दिउँसो

वायु प्रदुषणको असर: बेनीमा आँखा पोल्ने समस्याका बिरामी बढे

प्रकाशित मिति

२०७७ चैत्र १९ गते, बिहीबार ११:२५

बेनी : म्याग्दीको सदरमुकाम बेनीमा वायु प्रदुषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ । केही दिन यता देशैभरि वायु प्रदूषण बढेको र तुवाँलो लागेको अवस्थामा म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बुधबार वायु प्रदुषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझाउने, सुख्खा हुने, पोल्ने समस्याका बिरामी बढ्न थालेका छन् ।

National Life

वायु प्रदूषणका कारण मंगलबारसम्म सामान्य अवस्थामा रहेकोमा बुधबार आँखा उपचार केन्द्रमा समेत आँखा पोल्ने समस्या लिएर आउने बिरामी भेटिएको नेत्रज्योती संघ म्याग्दीद्वारा सञ्चालित आँखा उपचार केन्द्रका प्रमुख दिनेश बानियाँले बताए । ‘आँखा चिलाउने समस्या लिएर ५ जना बिरामी आउनुभएको थियो, उहाँहरूको आँखामा कुनै समस्या नदेखिएपछि प्रदुषणकै कारण हुनसक्छ,’ प्रमुख बानियाँले भने । नियमित आउने बिरामीभन्दा बुधबार आँखा पोल्ने समस्याका बिरामी आएको बताउँदै समान्य अवस्था भन्दा फरक रहेको आँखा उपचार केन्द्रले जनाएको छ ।

त्यस्तै बेनी अस्पतालमा रहेको आँखा उपचार केन्द्र र पश्चिम म्याग्दीको दरबाङमा रहेको रेडक्रस सोसाईटीको आँखा केन्द्रमा समेत आँखा सम्बन्धी समस्या लिएर आएका बिरामीको संख्या सामान्य अवस्थामा भन्दा धेरै रहेको बताइएको छ । पछिल्लो ३ दिन यताकै तुलनामा सदरमुकाम बेनी आसपासको क्षेत्र तुवाँलो छपक्कै छोपेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

वन तथा वातावरण विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्दुविक्रम जोशीले काठमाडांै आसपासको क्षेत्रबाट पश्चिम तर्फ फैलिएको ग्याँसका कारण आँखा पोल्ने समस्या देखिएको हुनसक्ने बताए । ‘काठमाडौं क्षेत्रमा केही सुधार आएको छ, म्याग्दी जिल्लाको अवस्था मात्रै हेर्न मिल्दैन्, हामीले पोखरा बेस भएर हेर्ने गरेका छौं,’ प्रवक्ता जोशीले भने ।
वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्ने भएकाले आँखा पोल्न थालेपछि अन्य औषधी प्रयोग नगरी सफा पानीले धुनुपर्ने प्रवक्ता जोशीको सुझाव छ । एक्युआईमा केही सुधार आए पनि हानिकारक अवस्था टरिनसकेको अवस्थामा दम, थाँती लगायतका समस्या भएका बिरामी, बालबालिकालाई अत्यावश्यक काम परेमात्रै बाहिर जाने नत्र घरभित्रै बस्न समेत मन्त्रालयका प्रबक्ता जोशीले अनुरोध गरे ।

‘आँखा पोल्ने समस्या विषाक्त हावाले हो, हेल्चक्य्राइँ गर्दा पछि स्वास्थ्यमा समस्या देखिन सक्छ,’ प्रवक्ता जोशीले थपे । बुधबार दिउँसो पोखराको वायुको गुणस्तरको सूचकांक ९एक्युआई० ९७।२८७ छ । यो अवस्थालाई समान्य लिन नसकिने उनले बताए । बुधबार दिउँसो २ बजे म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको एक्युआई ८७ भन्दा बढी मापन गरिएको थियो ।

यता बेनी अस्पतालका डा। नवराज बस्ताकोटीले वायु प्रदूषण सामान्य अवस्थामा नफर्किदासम्म सतर्कता अपनाउनुपर्ने बताए । ‘अहिलेको अवस्थामा सावधानी अपनाउनुपर्छ, वायु प्रदूषणले बुढो मानिसहरूलाई बढी असर गर्ने अध्यायनले समेत देखाएको छ,’ डा। बस्ताकोटीले भने ।

प्रतिकृया