• २४ भदौ २०८३, बुधबार
  • ५ः४४ बेलुका

‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्दै ओली’

प्रकाशित मिति

२०७७ चैत्र १८ गते, बुधबार ०८:३३

काठमाडौं:  एमाले माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र ध्वस्त बनाउन लागेको निष्कर्ष निकालेको छ।

National Life

 

अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेपछि मंगलबार बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो। यसअघि ओलीले आफू र पार्टीविरुद्ध गतिविधि गरेको भन्दै नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

 

नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकपछि जारी वक्तव्यमा ओलीका कदमले कम्युनिस्ट आन्दोलनमा धक्का पुगेको उल्लेख छ। वक्तव्यमा स्थायी कमिटीमा नेपाल–खनाल पक्षका सबै सदस्यको हस्ताक्षर छ। बैठकपछि नेता रावलले ओलीका पछिल्लो कदमले पार्टीलाई झन् विभाजित र अन्योलग्रस्त बनाएको बताए।

 

उनले ओलीले विधानविपरीत केन्द्रीय समितिलाई तोडमरोड गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेकाले आफूहरू पनि समानान्तर समिति बनाउँदै अघि बढ्ने बताए। ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ,’ रावलले भने।

नेपाल–खनाल पक्षमा रहेका स्थायी कमिटी सदस्यहरूले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री एवं अध्यक्ष ओली राज्यसत्ता दुरूपयोग गर्दै तानाशाही लाद्ने र कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने दुष्प्रयासमा लागेको आरोप लगाइएको छ। वक्तव्यमा साबिक एमाले र माओवादी केन्द्रबीचको एकताविरुद्ध ओलीले अनेकौं षड्यन्त्र गरेको तथा फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेलाई समेत विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलन विसर्जन गर्ने गतिविधि गरेको आरोप लगाइएको छ।

उनीहरूले एमाले पुनर्जीवित भएपछि केन्द्रदेखि स्थानीय तहसम्मका सबै संगठनात्मक संरचना तथा जनसंगठनलाई पूर्ववत् क्रियाशील गर्न प्रस्ताव गरे पनि ओलीले लत्याएर एकतर्फी निर्णय गरेको बताएका छन्। ‘विधि र पद्धतिसम्मत किसिमले पार्टीलाई अघि बढाउँदै विगतका कमीकमजोरीको समीक्षा गर्नुका साथै कम्युनिस्ट एकता र सहकार्यलाई आत्मसात् गर्न आग्रह गरेका थियौं तर पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट त्यो कुरा स्वीकार्य भएन।

उल्टै फागुन २८ गते हामीलाई कुनै जानकारी नदिईकन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो गुटको भेला गरी पार्टी विधानको ठाडो उल्लंघन गर्दै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरियो र कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाइयो। साथै केन्द्रीय कमिटी सदस्य रिक्त नरहेको अवस्थामा विधान मिचेर नेकपा ९एमाले० का सदस्य नै नरहेका व्यक्तिहरूलाई सदस्य मनोनयन गरियो,’ वक्तव्यमा उल्लेख छ।यमा कांग्रेसले कुनै पनि जवाफ दिएको छैन भने कांग्रेसले पनि आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार तोकेको छैन। नागरिक दैनिकबाट

प्रतिकृया