• २४ भदौ २०८३, बुधबार
  • ५ः४७ बेलुका

नियमविपरीत गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई छुट्टै पोसाक

प्रकाशित मिति

२०७७ चैत्र १८ गते, बुधबार ०७:५९

काठमाडौं: बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्ने गरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ । सोमबार बागमती प्रदेश प्रहरी कार्यालयले कुनै घटना वा अपराधपछि त्यसको गोप्य अनुसन्धान कार्यमा खटिने प्रहरीलाई ज्याकेट (फ्लोरोसेन्ट) र टोपी वितरण गरेसँगै प्रहरीले गर्ने अनुसन्धानमा बाधा पुग्ने देखिएको हो ।

National Life

 

अनुसन्धानमा खटिने प्रहरीको हुलिया खुलाउन नहुने सुरक्षा निकायका विज्ञहरुले बताए पूर्वडिआइज हेमन्त मल्लले गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई एकैखाले प्रहरी भनेर छुट्टिने लुगा वितरण गर्न गलत रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

उनले भने, ‘अनुसन्धानमा खटिने प्रहरीको पोसाक अरुले छुट्याउन नसकिने किसिमको हुनुपर्छ, तर प्रहरीको हुलिया नै खुल्ने गरी पोसाक वितरण गर्दा अनुसन्धानमा बाधा पुग्छ ।’ उनले ज्याकेट र टोपी वितरण गर्नुभन्दा प्रहरीकै युनिफर्म लगाउनु बेस हुने बताए ।

 

उनका अनुसार अनुसन्धान कार्यमा खटिने प्रहरीलाई कसैले प्रहरी भनेर छुट्याउन सक्ने किसिमको हुनुहुँदैन ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया