• ५ साउन २०८३, मंगलबार
  • १०:२५ बिहान

तीन राउण्ड गोलीसहित चितवनमा एक युवक पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र १५ गते, आईतवार ०६:१३

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो ।

Kamana Sewa

 

Classic Tech Desktop

होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उनले बताए ।

 

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याएर थप अनुसन्धान शुरु गरिएको छ । अनुसन्धान भइरहेकाले प्रहरीले नाम गोप्य राखेको छ ।

प्रतिकृया