• २५ भदौ २०८३, बिहीबार
  • ७ः३७ बेलुका

ढल व्यवस्थापनमा समस्या हुन्न

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार ०८:४७

काठमाडौं: मेलम्चीको पानी काठमाडौँमा वितरण गरिएपछि ढल व्यवस्थापनमा समस्या नहुने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । घरघरमा पठाएको पानीको करिब ८० प्रतिशत पानी उपभोगपछि ढलमा जानेछ ।

National Life

 

पानीको मात्रा बढ्ने भएकाले ढल भरिएर सडकमै बग्न सक्ने भएकाले त्यसको व्यवस्थापन गरिएको केयूकेएलले जनाएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भन्नुभयो, “ढल व्यवस्थापनमा समस्या हँुदैन । वर्षात् जस्तो पनि हँुदैन । परीक्षणमा नियन्त्रित रूपले पानी पठाइन्छ । ढल सफा गरिरहेका छौँ । जहाँ समस्या आउँछ त्यहाँ समाधान गर्दै जाने हो । हामी तयारी अवस्थामा छौँ ।”

Classic Tech Mobile
Classic Tech Desktop

 

मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतीले मेलम्चीको पानी वितरण गर्नसकिने अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुरानो वितरण प्रणालीलाई पनि मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिन्छ, त्योभन्दा पहिल्यै परीक्षण हुने भएकाले ठूलो समस्या पर्दैन ।”

 

निर्देशनालयका अनुसार चक्रपथ भित्रको वितरण प्रणालीलाई पहिलो चरणमा सम्पन्न गरिएको छ । दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिर हुनेछ । चक्रपथ बाहिरको क्षेत्रलाई याङ्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार भइसक्नेछ । मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पथान्तरण भइरहेको छ । सफल परीक्षणपछि सुन्दरीजलमा पानी आउनेछ ।

सुन्दरीजलमा आएको पानीलाई प्रशोधन केन्द्रबाट चक्रपथका विभिन्न पानी ट्याङ्कीमा पु¥याएर वितरण प्रणालीबाट घरघरको धारामा पठाइनेछ । मेलम्चीको पानी आएपछि पहिलो चरणमा प्रसारण लाइन र पाइपलाइन परीक्षण गरिनेछ । करिब एक हप्ताको परीक्षणपछि नियमित रूपमा पानी वितरण हुनेछ । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको निर्देशनालयले जनाएको छ । गोरखापत्र दैनिकबाट

प्रतिकृया