युवतीलाई भारत पुर्याएर बिक्रि गर्ने अभियुक्त २८ वर्षपछि पक्राउ
प्रकाशित मिति
२०७७ चैत्र ११ गते, बुधबार ०२:४०
काठमाडौं : साउदी अरबमा तथा नेपालका विभिन्न ठाउँहरूमा लुकिछिपी बसेका मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त भक्तपुर चाँगुनारायण नगरपालिका-८ का रामशरण पण्डित क्षेत्रीलाई २८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
रामशरणले आर्थिक अवस्था कमजोर भएका २ जना महिलालाई विभिन्न व्यक्तिहरूसँग भेट गराई भारतको महाराष्ट्रमा हिरा पाउँछ महिलाले लुकाई नेपाल ल्याउँदा पक्राउ पर्दैन, बाटोमा लाग्ने सबै खर्च हामीले व्यहोर्छौँ र हिरा ल्याए वापत जनही ६ हजार रूपैयाँका दरले ज्याला दिनेछौँ भनि प्रलोभनमा पारी रक्सौल नाका हुँदै मुम्बई पुर्याई बेचेका थिए।
मुम्बई प्रहरीको सहयोगमा उद्दार भई नेपाल फिर्ता भएपछि २०४९ भदौ १२ गते तत्काल जिल्ला प्रहरी कार्यालय काठमाडौंमा जाहेरी पेश गरेकोमा हालसम्म फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।








प्रतिकृया