पतिसँगै होटलमा बसेकी युवती ५ तलाबाट खसेको अवस्थामा मृत भेट्टिईन
प्रकाशित मिति
२०७७ चैत्र ११ गते, बुधबार ०१:३२

जनकपुर: जनकपुरमा होटलमा आफ्ना श्रीमानसँगै बसेकी महिला पाँच तला माथिबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेकी छन्। दुई दिनदेखि जनकपुरको रामानन्दचोकस्थित सर्लाही होटेल एन्ड गेस्ट हाउसमा आफ्ना पतिसँगै बसेकी ३० वर्षीया सिर्जना सुनार सिर्पाली आज बुधबार बिहान मृत भेटिएकी हुन्।
होटेलछेउमै रहेको जनकपुर खानेपानी संस्थानको कम्पाउन्डमा आधा जिउ पानीमा र आधा बाहिर अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै आएकी म्याग्दीको तत्कालीन बिम गाविस निवासी सिर्जनाको मृत्यु रहस्यमय देखिएको छ।
उनका श्रीमान विश्वास सिर्पालीले भने पत्नीले गएराति होटलको पाँचौ तलाबाट हामफालेर आत्महत्या गरेको दाबी गरेका छन्।
Related
Recent News
- प्रधानमन्त्री ओलीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
- किन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
प्रतिकृया