• १६ असोज २०८३, शुक्रबार
  • ११ः५६ राती

पतिसँगै होटलमा बसेकी युवती ५ तलाबाट खसेको अवस्थामा मृत भेट्टिईन

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०१:३२

जनकपुर: जनकपुरमा होटलमा आफ्ना श्रीमानसँगै बसेकी महिला पाँच तला माथिबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेकी छन्। दुई दिनदेखि जनकपुरको रामानन्दचोकस्थित सर्लाही होटेल एन्ड गेस्ट हाउसमा आफ्ना पतिसँगै बसेकी ३० वर्षीया सिर्जना सुनार सिर्पाली आज बुधबार बिहान मृत भेटिएकी हुन्।

National Life

होटेलछेउमै रहेको जनकपुर खानेपानी संस्थानको कम्पाउन्डमा आधा जिउ पानीमा र आधा बाहिर अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै आएकी म्याग्दीको तत्कालीन बिम गाविस निवासी सिर्जनाको मृत्यु रहस्यमय देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनका श्रीमान विश्वास सिर्पालीले भने पत्नीले गएराति होटलको पाँचौ तलाबाट हामफालेर आत्महत्या गरेको दाबी गरेका छन्।

प्रतिकृया