• १८ असोज २०८३, आइतबार
  • ४ः३५ बिहान

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार १२:४२

दाङ : दाङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १७ कटुवाखोला नजिकै ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

National Life

ना ५ ख २०६२ नम्बरको ट्रकले साईकल यात्रीलाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका ३ निवासी ४० वर्षीय बिष्णु चौधरीको घटनास्थलमै मृत्यु भएको हो। चालक राप्ती गाउँपालिका ६ का ५० वर्षीय प्रेम चौधरी र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबिच घोराही उपमहानगरपालिका ७ जबरपुरमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ना ४६ ख ८७३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल ठोक्किँदा घोराही ५ का २१ वर्षीय रविन डाँगीको मृत्यु भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा गम्भीर घाइते भएका २२ वर्षीय सिरिन्ज भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ।

प्रतिकृया