• १८ असोज २०८३, आइतबार
  • ३ः५८ राती

अधिकतम बिक्री मूल्यभन्दा बढि लिने बुटवलका पसललाई कारबाही

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार १२:५४

बुटवल : दैनिक उपभोग्य बस्तुमा अधिकतम बिक्री मूल्यभन्दा बढि लिँदै आएका बुटवलका तीनवटा पसललाई कारबाही भएको छ।

National Life

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, बुटवल उपमहानगरपालिकाको संयुक्त अनुगमनमा क्रममा बुटवलका केही पसलहरुले नुन, चाउचाउजस्ता उपभोग्य बस्तुमा अधिकतम बिक्री मूल्यभन्दा धेरै मूल्य लिने गरेको पाइएपछि ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना तिराइएको हो।

 

Classic Tech Mobile
Classic Tech Desktop

अनुगमनका क्रममा नुनमा बिक्रीमूल्यभन्दा धेरै लिएको, म्याद नाघेका, लेबल नभएका र एउटा सामान अर्कै उत्पादकको प्याकेटमा राखेर बिक्री गरेको पाएपछि तीनवटा पसललाई कारबाही गरेको वाणिज्य कार्यालयका निरीक्षण अधिकृत टेकराज भट्टराईले जानकारी दिए।

 

उनका अनुसार गुडविल मार्ट बुटवल ५ विकास पथ, केशरी किराना राममन्दिर लाईन, न्यू कृष्ण किराना हाटबजार लाईनलाई कारबाही स्वरुप जरिवना तिराउँदै आगामाी दिनमा गैरकानूनी काम नगर्न सचेत गराइएको छ।

 

केशरी किरानालाई ७ वर्षसम्म पसल नवीकरण नगरेको, लेबल नभएका सामान बिक्री गरेको र बिक्रीमूल्यभन्दा धेरै मूल्य लिएको भन्दै २० हजार रुपैयाँ, गुडविल मार्ट र कृष्ण किरानालाई ५–५ हजार रुपैयाँ जरिवाना तिराइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत झविलाल भट्टराईले जानकारी दिए।

व्यवसायीले मनपरी मूल्य लिने, म्याद नाघेका र गुणस्तरहीन सामग्री बिक्री गर्ने गरेको उजुरी आएकोले अनुगमनलाई निरन्तरता दिने बुटवल उपमहानगरपालिकाका अधिकृत टोपलाल शर्माले बताए।

प्रतिकृया