• १९ असोज २०८३, सोमबार
  • ७ः३४ बिहान

राष्ट्र बैंकको तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार १२:०१

काठमाडौं: नेपाल राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ।

National Life

 

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

बैंकले एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ। बैंकले २०७८ वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो।

 

केन्द्रीय बैंकका अनुसार ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई १७ करोड २५ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५१ करोड ७५ लाख र ‘क’ वर्गका वाणिज्य बैंकमा दुई अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरेको छ।

प्रतिकृया