• २५ भदौ २०८३, बिहीबार
  • ५ः३४ बेलुका

आजको मौसम पूर्वानुमानः देशभर आंशिकदेखि सामान्य बदली

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०८:०४

काठमाडौँ : सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागहरुमा बुधबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा पनि आंशिक बदली रहने मौसमविद्ले बताएका छन्।

National Life

 

गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

बुधबार राति पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

 

अहिले बिहान पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया