• १९ भदौ २०८३, शुक्रबार
  • १०ः०९ बिहान

ओलीसँग वार्ता गर्न जसपा नेताहरु बालुवाटारमा

प्रकाशित मिति

२०७७ चैत्र १० गते, मंगलवार ११:५५

काठमाडौंं: सत्ता समिकरणबारे छलफल गर्नका लागि जनता समाजवादी पार्टी (जसपा) का नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका छन्।

 

Kamana Sewa

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ताका लागि जसपाका नेताहरु महन्त ठाकुर, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला मंगलबार बालुवाटार पुगेका हुन्।

Classic Tech Desktop

 

उनीहरुबिच अहिले वार्ता भइरहेको छ। वार्ता सत्ता समिकरणमा केन्द्रित रहेको बताइएको छ। जसपामा वर्तमान केपी ओली सरकारलाई समर्थन गर्ने कि अर्को समिकरण बनाउने भन्नेमा दुई धार छ। पूर्व राजपा पक्ष ओली सरकारलाई नै समर्थन दिने पक्षमा छ।

 

तर पूर्व संघीय समाजवादी पक्ष एमाले विशेष गरि ओली इतर सत्ता समिकरणको पक्षमा रहँदै आएको छ। आन्तरिक छलफलपछि जसपाका नेताहरु बालुवाटार गएका हुन्।

प्रतिकृया