• ४ साउन २०८३, सोमबार
  • १०:२९ बेलुका

पहाडी क्षेत्रमा मौसम बदली, वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा?

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०७:५७

काठमाडौँ : सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा सोमबार मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

 

Kamana Sewa

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहेने छ ।

Classic Tech Desktop

 

गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

यस्तै राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैबिच देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया