• ११ असोज २०८३, आइतबार
  • ४ः१८ बिहान

‘ओली प्रवृत्तिको भण्डाफोर’ गर्न नेता नेपालको निर्देशन

प्रकाशित मिति

२०७७ चैत्र ५ गते, बिहीबार ०६:०३

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ओली प्रवृत्ति र विचारको भण्डाफोर गर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाल समूहले ललितपुरको सानेपास्थित हेरिटेज हाइटमा बिहीबार गरेको राष्ट्रिय भेलामा नेता नेपालले पार्टीमा ओलीले भ्रम सिर्जना गरेको बताए।

National Life

‘पार्टीमा धेरै भ्रम सिर्जना गरिएको छ। अहिलेको प्रवृत्ति विद्यमान छ। कार्यकर्ता लडाउन भिडाउने काम हुन सक्छ त्यसैले तपाईहरु सबै हिसाबले तयार रहनुहोला।’कम्युनिस्ट आन्दोलनप्रति कटिबद्ध भएका र आन्दोलनमा लागेका नेताहरू एकताको पक्षमा भएको नेपालले बताए।

वैचारिक रूपमा अगाडि बढ्नुपर्ने अवस्था आइपुगेको उनको भनाइ छ।पदाधिकारी,स्थायी कमिटी र पोलिट्ब्युरोमा ओलीभन्दा आफुहरु बहुमतमा भएको बताउँदै उनले कमिटी बैठक बोलाउन ओलीलाई चुनौती दिएका छन्। आफूहरु ओली प्रवृत्तिविरुद्व लडेको भन्दै उनले ओलीसँग नझुक्ने बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

२०७१ देखि २०७५ को वैशाख र पार्टी एकीकरण हुँदाको अवस्थासम्म ओलीले गरेका कामकारबाहीबारे समीक्षा गरेर अगाडि बढ्नुपर्ने उनले बताए। ओलीले एकता गर्दा मनपरि मानिस नियुक्त गरेको आरोप नेपालले लगाएका छन्।

प्रधानमन्त्री भएको दिनदेखि ओलीले राज्यका निकायलाई आफ्नो मातहतमा ल्याउने काम गरेको उनको भनाइ छ। उनले थपे, ‘केपी ओलीलाई दुनियाँ घुम्न हुने, बालुवाटार भन्दा बाहिर गएर पार्टीको बैठक कार्यक्रममा सहभागि हुन नखोज्ने।’

प्रतिकृया