• १२ असोज २०८३, सोमबार
  • १०ः२४ बिहान

मान्छे खाने अर्को बाघ पनि नियन्त्रणमा

प्रकाशित मिति

२०७७ चैत्र ५ गते, बिहीबार ०५:३८

बर्दिया: बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा मान्छेलाई आक्रमण गर्ने अर्को वयष्क बाघलाई पनि नियन्त्रणमा लिइएको छ। वस्तीमा पसेर आतंक मच्चाउँदै आएको दोस्रो बाघलाई पनि डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले बिहीबार नेपाल–भारतको खाता जैविक मार्ग क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

National Life

टोलीले बुधबार बर्दियाकै गेरुवा गाउँपालिका वडा नम्बर ४ स्थित राजिपुर क्षेत्रबाट अर्को वयष्क बाघलाई नियन्त्रणमा दिएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता डा. नरेश सुवेदीका अनुसार दुवै बाघले पाँच–पाँच जनाको ज्यान लिएका लिए भने दुई दर्जनभन्दा बढी घर पालुवा जनावर खाएका थिए।

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई बाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको थियो। समातिएका दुवै बाघलाई बाँके राष्ट्रिय निकुञ्जभित्र खोरमा पालिने छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया