• २२ भदौ २०८३, सोमबार
  • ११ः४३ राती

ग्लोबल आइएमई बैंकको थप दुई शाखा विस्तार

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार ०४:५६

काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ दुई शाखा विस्तार गरेको छ । बैंकले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकले यी २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै कुल शाखारहित बैंकिङ्ग सेवाको संख्या २५५ पुगेको जनाएको छ ।

National Life

बैंकले घोडागाँउमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको लागि मधु केसी र अरेस बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको लागिदिपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया