• २५ भदौ २०८३, बिहीबार
  • ६ः५२ बेलुका

आजको मौसम :मेघगर्जन सहित पानी पर्ने

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार ०७:३८

काठमाडौ: देशको पहाडी भूभागहरुमा बुधबार आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National Life

पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। बुधबार राति भने देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहने छ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले बिहान देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको मौसमविदले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

प्रतिकृया