• २६ भदौ २०८३, शुक्रबार
  • ६ः०६ बेलुका

बहराइनका राजकुमारसहित १६ जनाको टोली सगरमाथा चढ्न नेपालमा

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ०६:३९

काठमाडौँ: बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणका लागि नेपाल आइपुगेको छ। यो आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर सोमबार नेपाल आइपुगेको हो।

National Life

बहराइन रोयल गार्ड ९डिफेन्स फोर्स० मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहेका छन्। आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ। सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

कोभिड–१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँद याममा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

विदेशी पर्यटकलाई नेपाल प्रवेशवापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ । व्यवसायीको मागबमोजिम सरकारले पनि विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन क्वारेन्टिन व्यवस्था खुकुलो बनाउने र पिसिआर नेगेटिभ यात्रुलाई सहज रुपमा भ्रमण व्यवस्था गर्ने संस्कृति मन्त्रालयले जनाएको छ।

अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने जनाइएको छ । पर्वतारोहणको मुख्य याम वसन्तका लागि अहिले विभिन्न पर्वतारोहणसम्बन्धी कम्पनीमार्फत धमाधम बुकिङ चलिरहेको छ।

महामारीकै बीच बहराइनका राजकुमारसहितको टोलीलाई गत शरद् याममा मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले गत असोज २९ गते मनास्लुको सफल आरोहण गरेको थियो। त्यसपछि कतारका राजकुमारसहितको टोलीले गत कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो।

असहज परिस्थिति भए पनि विदेशी विशिष्ट व्यक्तिको आरोहणले पर्वतारोहणमा उत्साह जगाएको छ । अहिले पर्यटनका सबैजसो क्षेत्र खुलिसकेका छन् । पर्यटकीय गतिविधि पनि बढेको छ । सरकारले कोभिडका कारण स्थगन गरिएको पदयात्रा र पर्वतारोहण कात्तिकदेखि खुलाएको थियो । महामारीका कारण अघिल्लो वर्ष वसन्त याममा कुनै पनि आरोहण हुनसकेको थिएन।

प्रतिकृया