• २७ भदौ २०८३, शनिबार
  • ८ः१४ बिहान

भारतमा करीब तीन करोडले कोरोना विरुद्धको खोप लगाए

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ०६:३३

नयाँदिल्ली :भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो। सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन्।

National Life

भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ।

भारतमा गत २४ घण्टामा कोभिड १९ सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५८ हजार ७२५ जना पुगेको छ।हाल भारतमा दुई लाख १९ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

केही दिनयता भारतमा सक्रिय सङ्क्रमितको संख्या बढेको पाइएको छ। यसैबीच कोभिड–९९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड १० लाख ७ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन्।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर २२ करोड ७४ लाख सात हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ।हिजो आइतबार एकै दिनमा सात लाख ३ हजार ७७२ जनाको कोभिड(१९ परीक्षण भएको पनि समाचारमा जनाइएको छ।-रासस

प्रतिकृया