• ३० भदौ २०८३, मंगलबार
  • ७ः१२ बेलुका

बन्दुकसहित बाँकेबाट एकजना पक्राउ

प्रकाशित मिति

२०७७ फाल्गुन २९ गते, शनिबार ०२:२५

नेपालगञ्ज : बाँके प्रहरीले राप्तीसोनारीबाट बाह्रबोर र भरुवा बन्दुकसहित ऋषिराम थारुलाई पक्राउ गरेको छ । प्रहरीले राप्तीसोनारी–५, जबरपुरबाट थारुलाई दुई थान भरुवा, एक थान बाह्रबोरको बन्दुकसहित पक्राउ गरेको हो । प्रहरीले शनिबार बिहान ९ बजे थारुको घरमा छापा मारेको थियो ।

National Life

 

इलाका प्रहरी कार्यालय, धामपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुका अनुसार, प्रहरीले थारुको घरबाट भरुवा बन्दुक २ थान, छोरा ओमप्रकाश थारुको घरबाट १ थान बाह्रबोरको बन्दुक र उनको भाई लालबहादुर थारुको घरबाट १ थान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद एक किलो, सटगनमा लाग्ने खोका ५० वटा, सटगण जेगिराउन्ड १ वटा, ३ थान जरायोको सिंह, बँदेलको दाँत १० वटा, चितलको दाँत ४ वटा, दुम्सीको प्वाँख फेला परेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । लालबहादुर र ओमप्रकाशको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया