जमुना गाउँपालिकाका लेखा अधिकृत र इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा
प्रकाशित मिति
२०७७ फाल्गुन २८ गते, शुक्रबार ०३:३१
काठमाण्डौ: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा लेखा अधिकृत अर्जुनप्रसाद सापकोटा र इन्जिनियर पूजा कार्कीविरूद्ध बिगो ९५ हजार कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो।
इन्जिनियर कार्कीले ठेक्का सम्झौता अनुसार काम सकाएर बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्न सेवाग्राहीसँग घुस मागेकी थिइन्। सो सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले सेवाग्राहीबाट ९५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा लेखा अधिकृत अर्जुनप्रसाद सापकोटाको निर्देशनमा पूजाले आफ्नो र सापकोटाको लागि घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। उनीहरूमाथि जनही बिगो ९५ हजार कायम गरी जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।
Recent News
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा
- नेप्से ४८ अंकले बढ्यो, ८ अर्बभन्दा बढीको कारोबार
- एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा
- सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने सरकारको घोषणा
- यसपालि पनि दशैँमा नयाँ नोट नपाइने, सुकिला नोट वितरण गर्ने तयारी
- प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा बाढी प्रभावितलाई ४० लाख ८० हजार ५० पचास सहयोग
- ऋषि पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया